About Us

Nepal Health Care Co-operative Limited (NEHCO) was established to contribute the nation in health sectors by establishing hospital to provide health services to the people of marginalized group and to start health science academic programs to uplift the academic standard in the field of education.

After continuous and serious exercise, NEHCO-Nepal established a hospital by the name of Former Prime Minister late Manmohan Adhikari, a great patriot and renowned leader whose whole life was dedicated to uplift the people and the nation.

This has brought great inspiration and enthusiasm in whole health sector.

To launch health services with such a noble mission the co-operative concept was decided to be adopted.

Chairman's Message

Chairman
नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका श्रद्धेय नेता, जेष्ठ नागरिकको सम्मानको लागी सामाजिक सुरक्षा कार्यक्रमको शुरूवातकर्ता पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका योगदानलाई चीरस्थायी बनाउन गरिब, विपन्न तथा मध्यम वर्गिय जनतालाई लक्षित गरि स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सहकारीको मूल्य मान्यता अनुरूप अस्पताल सञ्चालन गर्न आजभन्दा १४ वर्ष ३ महिना अगाडी २८ जना साथीहरूको सहभागितामा मिति २०६२ चैत्र ४ गते डिभिजन सहकारी कार्यालय, काठमाडौंमा “नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.”को दर्ता भएको थियो ।

सबैका लागि अस्पताल” भन्ने मूल नाराका साथ मध्यम तथा सामान्य आर्थिक अवस्थाका नागरिकको पहुँचभित्र स्वास्थ्य सेवा पु¥याउने र सामान्य आर्थिक अवस्थाका जनताको निम्ति स्वास्थ्य र शिक्षा क्षेत्रका विभिन्न सेवामूलक कार्यहरू गर्ने उद्देश्य राखि आफुसँग रहेको सीमित पूँजीबाट सहकारी ऐन ०४८ अनुसार प्रति व्यक्ति रू. १ लाख देखि अधिकतम् रू. १० लाख सम्म शेयर रकम संकलन गरी यो अभियान शुरू गरिएको थियो । आजका मितिसम्म आईपुग्दा संस्था अन्तर्गत संचालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूको स्तरोन्नति गरिएको छ र यो शिक्षण अस्पतालले ३०० वेडको अस्पताल संचालन स्वीकुत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८।०३।३० गतेको पत्र अनुसार प्राप्त भएको छ । ३०० वेडको अस्पताल स्वीकुतिमा महत्वपूर्ण सहयोग पुयाउनुहुने सम्बन्धित मन्त्रालय, शेयर सदस्यज्यूहरु लगायत यसमा संलग्न सम्पूर्ण महानुभावहरुलाई म हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहान्छु । १०० वेड वाट ३०० वेड भएपछि सोही अनुसारका सेवा सुविधा तथा औजारहरुको व्यवस्थापनमा अहिले संचालक समिति प्रतिवद्व रुपमा लागेको जानकारी गराउन चाहान्छु । यसलाई व्यवहारिक रुपमा कार्यान्वन गर्न अस्पताल व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ । यस अस्पतालले EHS सेवालाई प्रभावकारी रुपमा संचालन गर्ने निणर्य गरेको छ । साथै यस अस्पतालले उपलव्ध गराएका सेवाहरुको सुचि अधिल्लो साधारण सभामा पेश गरिसकेको छु । यस्तै लामो समयदेखि MBBS कार्यक्रमको सम्बन्धन प्राप्त गर्न नसकेको परिस्थितिमा कानुनी उपचारको प्रक्रिया शूरु गरिएको समेत यहाँहरु सवैलाई जानकारी गराउन चाहन्छु । त्यस्तै यस संस्थाको पहिलो सन्तानको रुपमा स्थापित मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेल विविध कारणले सञ्चालन हुन नसकी वन्द भएको समेत अवगत गराउन चाहन्छु । संस्थाको अर्को निकाय मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज सोल्टीमोडमा हाल Post-Doctoral Fellowship Program देखि CTEVT प्रमाणपत्र तहका १४ वटा स्वास्थ्य विज्ञान क्षेत्रका कार्यक्रमहरु विहानी र दिवा सत्रमा संचालन भैरहेका छन । २०७४ र २०७५ सालमा दुई पटक राष्टिय रुपमा उत्कृष्ट पुरस्कार प्राप्त क्याम्पसले UGC वाट QAA प्रोग्राममा संलग्न भइ यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कोरोना सक्रमणले भौतिक रुपमा कलाहरु संचालन हुन नसकेपछि क्याम्पसले विज्ञहरुको सहयोगवाट विश्वविद्यालय तथा प्राविधिक तथा व्यवसायिक तालीम परिषदवाट प्राप्त भर्चुअल पठनपाठन निर्देशिका र अन्तराष्टिय अभ्यासहरुलाइ समेत अध्ययन गरि प्रभावकारी रुपमा पठापाठन गराउन सफल भएको छ । यस कार्यमा संलग्न व्यवस्थापन तथा शिक्षक कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । क्याम्पसले मनमोहन अधिकारी छात्रवृत्ती तथा हरिदेउसा राइ छात्रवृत्ती प्रदान गर्ने कार्य प्रारम्भ गरिसकेको छ । कार्यक्रम विस्तार गर्ने क्रममा क्याम्पसले यस वर्ष चिकित्सा शिक्षा आयोगमा स्नातकोत्तर तहमा Master in Adult Nursing, Master in Child Health Care तथा MSc Clinical in Microbiology कार्यक्रमका प्रस्तावनाहरु पेश गरेको छ । हाल क्याम्पसमा १०६१ विद्यार्थीहरु अध्ययनरत छन् भने करीव २०० जनशक्तिले रोजगारी प्राप्त गरेका छन् ।