NEHCO NEPAL

“सबैका लागि अस्पताल”

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल

Facilities for share members

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (NEHCO)

शेयर सदस्यहरूको उपचार सहुलियत, शैक्षिक प्रोत्साहन, सहकारी गतिविधि अध्ययन भ्रमण र दिवंगत हुँदा दिईने सहयोगका लागि प्रत्येक वर्ष कम्तिमा रू. १०,००,०००।–(अक्षरेपी दश लाख रूपैयाँ मात्र) जम्मा गरि “शेयर सदस्य सेवा कोष” खडा गरिनेछ । सोही कोषबाट तल उल्लेखित विषयमा शेयर सदस्यहरूलाई सहुलियत उपलब्ध गराइनेछ ।

  • अस्पतालमा उपचार गराउँदा ओ.पि.डी. सेवा बाहेक सबै सेवामा शेयर सदस्य (श्रीमान/श्रीमती) लाई २५%, उहाँहरूका परिवारका सदस्यहरूलाई २०% छुट दिने व्यवस्था गरिएको छ । शेयर
    सदस्यज्यूहरूको परिवारको परिभाषा भित्र श्रीमान, श्रीमती, छोरा, बुहारी, अविवाहित छोरी र बुवा, आमा समेत र विवाहित महिलाको हकमा सासु, ससुरा समेतलाई समावेश गरिएको छ ।
  • फार्मेसीबाट वितरण हुने औषधीहरूमा सबैका लागि ५% छुटको व्यवस्था मिलाईएको छ ।
  • शेयर सदस्यहरूलाई मृगौला प्रत्यारोपण, मुटुको भल्भ परिवर्तन, क्यान्सर र ब्रेन हेमोरेज जस्तो कडा रोग लागेमा रू.५०,०००।–(अक्षरुपि पचास हजार मात्र ।) वा शेयर सदस्यले संस्थामा लगानी गरेको रकमको १५% सम्म रकम सहयोग गरिनेछ ।
  • शेयर सदस्य दुर्घटनामा परी अङ्गभङ्ग हुनेगरी घाईते भएमा दुर्घटनाको प्रकृति हेरि संस्थाले तोकेको अस्पतालमा उपचारका लागि बढिमा रू. २,००,०००।– (अक्षरेपी दुई लाख रूपैयाँ मात्र) सम्म उपचार खर्च दिईनेछ ।
  • शेयर सदस्यको मृत्यु भएमा निजको परिवारलाई रू. १,००,०००।– (अक्षरेपी एक लाख) आर्थिक सहयोग दिईनेछ ।(संस्थाको स्थापना कालदेखि हाल सम्म १५ जना सदस्यका परिवारले यो सुविधा लिईसक्नु भएको छ ।)
  • एउटै शेयर सदस्यले वर्ष दिन भरिमा १० लाख भन्दा बढी रकम खर्च गर्ने बिरामी अस्पतालमा ल्याएको भेटिएमा सबै भन्दा बढी बिरामी ल्याउने शेयर सदस्यहरूलाई पुरस्कार स्वरूप रू. १ लाखको शेयर दिइनेछ । यो शर्त गैर शेयर सदस्यहरुलाई समेत लागू हुनेछ ।

मनमोहन मेमोरियल ईन्ष्टिच्युट अफ हेल्थ साईन्सेस् (MMIHS)

  • शेयर सदस्यका छोराछोरीले (MMIHS) सञ्चालन गरिएका कोर्षहरू अध्ययन गरेमा मासिक शुल्कमा १५% छुट दिईनेछ ।
  • पूरा कोर्षको रकम भर्ना हुँदाकै बखत एकमुष्ठ तिरेमा शेयर सदस्यका परिवारलाई २०% छुट दिईनेछ । साथै विद्यार्थीले सस्थाको शेयर सदस्य प्राप्त गरेको अवस्थामा निजले प्रत्येक वर्ष लाग्ने शुल्क वर्षकै प्रारम्भमा नै भुक्तानी गरेमा तिरेको एकमुष्ठ शुल्कको १०%छुट सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
  • गैर–शेयर सदस्य विद्यार्थीलाई प्रत्येक शैक्षिक कार्यक्रम वापत लाग्ने एकमुष्ठ शुल्क भर्नाको समयमा भुक्तानी गरेमा १०% छुट दिईनेछ ।
  • MMIHS मा कार्यरत शिक्षक तथा कर्मचारीहरूको परिवारका सदस्यले मासिक शुल्कमा १५% छुट पाउने व्यवस्था गरिएको छ ।
  • मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भु तथा मनमोहन मेमोरियल सामुदायिक अस्पताल ठमेलमा कार्यरत रही यस सस्थामा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर सदस्यका छोराछोरीले पाउने वरावरको छुट सुविधा उपलब्ध गराइएको छ ।

मनमोहन मेमोरियल मेडिकल कलेज (MMTH)

Share Holders

TOTAL NUMBER OF SHARE MEMBERS
Male
0
Female
0
Others
0

A Team Of Professionals.

NEHCO Nepal comprises a team of highly expert finance and management professionals to deliver high class service.

On Time Service.

NEHCO Nepal Share member's time and is always committed to deliver reliable services within a specified time.

Advanced Technology.

We believe in technology and take the full benefits of the latest trends in market. We implement them for quality service to our clients.