सबैका लागि अस्पताल” भन्ने मूल नाराका साथ मध्यम तथा सामान्य आर्थिक अवस्थाका नागरिकको पहुँचभित्र स्वास्थ्य सेवा पु¥याउने र सामान्य आर्थिक अवस्थाका जनताको निम्ति स्वास्थ्य र शिक्षा क्षेत्रका विभिन्न सेवामूलक कार्यहरू गर्ने उद्देश्य राखि आफुसँग रहेको सीमित पूँजीबाट सहकारी ऐन ०४८ अनुसार प्रति व्यक्ति रू. १ लाख देखि अधिकतम् रू. १० लाख सम्म शेयर रकम संकलन गरी यो अभियान शुरू गरिएको थियो । आजका मितिसम्म आईपुग्दा संस्था अन्तर्गत संचालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूको स्तरोन्नति गरिएको छ र यो शिक्षण अस्पतालले ३०० वेडको अस्पताल संचालन स्वीकुत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८।०३।३० गतेको पत्र अनुसार प्राप्त भएको छ । ३०० वेडको अस्पताल स्वीकुतिमा महत्वपूर्ण सहयोग पुयाउनुहुने सम्बन्धित मन्त्रालय, शेयर सदस्यज्यूहरु लगायत यसमा संलग्न सम्पूर्ण महानुभावहरुलाई म हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहान्छु । १०० वेड वाट ३०० वेड भएपछि सोही अनुसारका सेवा सुविधा तथा औजारहरुको व्यवस्थापनमा अहिले संचालक समिति प्रतिवद्व रुपमा लागेको जानकारी गराउन चाहान्छु । यसलाई व्यवहारिक रुपमा कार्यान्वन गर्न अस्पताल व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ । यस अस्पतालले EHS सेवालाई प्रभावकारी रुपमा संचालन गर्ने निणर्य गरेको छ । साथै यस अस्पतालले उपलव्ध गराएका सेवाहरुको सुचि अधिल्लो साधारण सभामा पेश गरिसकेको छु । यस्तै लामो समयदेखि MBBS कार्यक्रमको सम्बन्धन प्राप्त गर्न नसकेको परिस्थितिमा कानुनी उपचारको प्रक्रिया शूरु गरिएको समेत यहाँहरु सवैलाई जानकारी गराउन चाहन्छु । त्यस्तै यस संस्थाको पहिलो सन्तानको रुपमा स्थापित मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेल विविध कारणले सञ्चालन हुन नसकी वन्द भएको समेत अवगत गराउन चाहन्छु ।
संस्थाको अर्को निकाय मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज सोल्टीमोडमा हाल Post-Doctoral Fellowship Program देखि CTEVT प्रमाणपत्र तहका १४ वटा स्वास्थ्य विज्ञान क्षेत्रका कार्यक्रमहरु विहानी र दिवा सत्रमा संचालन भैरहेका छन । २०७४ र २०७५ सालमा दुई पटक राष्टिय रुपमा उत्कृष्ट पुरस्कार प्राप्त क्याम्पसले UGC वाट QAA प्रोग्राममा संलग्न भइ यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कोरोना सक्रमणले भौतिक रुपमा कलाहरु संचालन हुन नसकेपछि क्याम्पसले विज्ञहरुको सहयोगवाट विश्वविद्यालय तथा प्राविधिक तथा व्यवसायिक तालीम परिषदवाट प्राप्त भर्चुअल पठनपाठन निर्देशिका र अन्तराष्टिय अभ्यासहरुलाइ समेत अध्ययन गरि प्रभावकारी रुपमा पठापाठन गराउन सफल भएको छ । यस कार्यमा संलग्न व्यवस्थापन तथा शिक्षक कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । क्याम्पसले मनमोहन अधिकारी छात्रवृत्ती तथा हरिदेउसा राइ छात्रवृत्ती प्रदान गर्ने कार्य प्रारम्भ गरिसकेको छ । कार्यक्रम विस्तार गर्ने क्रममा क्याम्पसले यस वर्ष चिकित्सा शिक्षा आयोगमा स्नातकोत्तर तहमा Master in Adult Nursing, Master in Child Health Care तथा MSc Clinical in Microbiology कार्यक्रमका प्रस्तावनाहरु पेश गरेको छ । हाल क्याम्पसमा १०६१ विद्यार्थीहरु अध्ययनरत छन् भने करीव २०० जनशक्तिले रोजगारी प्राप्त गरेका छन् ।